प्रसङ्ग १
२०७५ असोज ३ गतेको दिन चोभार जानु थियो । मसंगै मेरो साथी पनि थियो । हामी पुरानो बसपार्क पुग्दा त्यस्तै १०ः३० भएको हुदो हो । चोभार जान ठिक्क एउटा गाडी रहेछ तर खुटा हाल्न पनि नमिल्ने गरि मान्छे । यसैमा झुण्डिएरै भएपनि जाने कि भत्रे सोचियो,तर पुग्न अलिक समय लाग्ने भएकाले बसेरै जाने भनेर अर्को गाडी कुर्ने निधो गरियो । चोभार जाने गाडी थोरै भएर होला सधैनै केहि समय कुर्नु पर्छ । तर केहि समय कुरेर भएपनि बसेर जान पाउदा खुसि नै लाग्छ । तर त्यस दिन १० मिनेट हैन २० मिनेट हैन आधा घण्टा कुर्दा पनि गाडी आएन । चोभार जाने मात्र हैन अन्य कुनै पनि रूटको गाडी आएन । सबै जना गाडी आउने आशामा बसपार्क छिर्ने गेट तिर नजर घुमाइरहेका थिए । हामीलाई त्यस्तो कुनै आकस्मिकता त थिएन, तर पनि त्यो गर्मिमा धुलो खाएर उभिन कुनै मज्जा हुदैन । कतिपयलाई पुग्न ढिला भैसकेको थियो । सेकेन्ड सेकेन्डमा घडी हेरिरहेका थिए । तर कुनै गाडी नआएपछि त्यहा रहेका सुरक्षाकर्मी लाई सोधें,किन गाडी नचलेको? ति सुरक्षाकर्मीले केहि समय सवारी हुने भएकोले बाटो खाली गरिएको बताए । भएको के रहेछ भने त्यस दिन सैनिक मंचमा भएको संबिधान दिवसको कार्यक्रममा उपस्थित राष्ट्र र सरकार प्रमुख,कार्यक्रम सकेर निस्किदाको सवारीलाई भनेर बाटो खाली गरिएको रहेछ । यो थाहा पाए पछि, अब झन् कति कुर्नु पर्ने भयो भत्रे लाग्यो । आधा घण्टा कुर्दा वाक्क भैसकेका थियौ, तर अब त अनिश्चितकाललाई कुर्नु पर्ने भयो । भोलि जाउला भने लग्यो तर घर फर्किनपनि गाडी थिएन । अब पर्यो फसाद,न घर जान गाडी छ न चोभार जान । बाटो खुल्ला भत्रे आशमा कुर्दा कुर्दै करिब दुई घण्टाको कुराईपछि बल्ल गाडी आयो । एउटा गाडी, तर खुट्टा भने सयभन्दा बढी । ठेलमठेल गरेर छिर्न मन लागेन । गाडीबाट झर्ने र ओर्लनेको चेपुवामा परेर एकजना बृद्धलाई चोटनै लग्यो । दुई घण्टाको कुराईपछि पनि सिट पाइएन । त्येसैले अर्को गाडी कुर्न थाल्यौ । अहिले भने धेरै कुर्नु परेन,करिब ८-१० मिनेटमै अर्को गाडी आयो र हामी त्यसमा चढ्यौ । सिटमा बसे पछि अलिक आराम महसुस भयो । तर पनि बाटो खाली गर्दाको प्रहरीको सर्बसाधारण प्रतिको ब्यबहार र राज्यले जेजे गरे पनि चुपचाप सहनु पर्ने नागरिक अवस्था देखेर नमज्जा लग्यो । बाटो काट्न खोज्नेलाई तंतं र ममको शैलीमा व्यवहार गरेको देख्दा नागरिक सर्बोच्चताको भाषण सम्झीए । छेउमै सैनिक मंचमा नागरिक अधिकार सम्पन्न भएका छन् , नेपाली सार्वभौम छन् भन्दै भासण गरेको सुनियो तर घन्टौ सडक घन्टौ बन्द गरेर सरकारले नागरिक स्वतन्त्रता र अधिकार कुण्ठित मात्र गरेन नागरिकलाई राज्यको शक्ति र दम्भ पनि देखायो ।प्रसङ्ग २
व्यक्तिगत कामको सिलसिलामा जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएको थिए । एकजना अधबैशे व्यक्ति शुल्क बुझाउने भौचर भर्दै रहेछन । उनले त्यहाँ अर्को एकजना बृद्धलाई लाइनमा उछिनेर आफु अगाडी जानुमा बुद्धिमानी देखे । उनले भौचर लिएर आए र म अघि देखि लाइनमा छु भन्दै ति बृद्ध भन्दा अगाडी बसे र म तपाई भन्दा आगाडी छु है भनेर भौचर भर्न अन्तै लागे । एकैछिनमा उनि भौचर भरेर आए अनि ति बृद्ध बा भन्दा अगाडी गएर लाइनमा उभिए । यतिकैमा अर्को एकजनाले उनलाई दस्तुर सम्बन्धि जिज्ञासा राखे । अनि उनले दिएको जवाफ सुनेर मलाई सारै नमज्जा लग्यो । उनले कति सजिलै सरकार र कर्मचारीलाई गलत देखाए । कार्यालयमा रखिएको नागरिक बडापत्रमा उल्लेखित दस्तुर लिदा समेत उनले कर्मचारीलाई घुस खाएको, सरकारले मनपरी पैसा लिएको र सरकार भ्रष्टचारी भएको भत्र भ्याए ।
माथि उल्लेक गरिएका प्रसङ्गहरु दुई भित्र अर्थ राख्ने प्रसङ्ग भएपनि दुईवटालै गर्ने संकेत भने एउटै छ । माथिका दुवै प्रसङ्गले गरेको संकेत हामी अझै नागरिक भइसकेका छैनांै भत्रे हो । न राज्यले नागरिक जस्तो ब्यबहार गरेको छ न हामीसंग नागरिक चेतना, नागरिक दायित्व र जिम्मेवारी छ । राज्य नागरिकका समस्या सम्बोधन गर्नमा अलिकति पनि संबेदनशील देखिदैन । एउटा नागरिकको समस्यालाई पनि राज्यले प्राथमिकता दिएर हेर्नु पर्नेमा बहुसंख्यक नागरिक समस्याले छटपटिंदा पनि सरकार मस्त निन्द्रामा छ , मानौ देश पुरै समृद्ध भइसक्यो र देशमा कुनै समस्या नै बाँकि छैनन् । उदाहरणको रुपमा , कोहि अमेरिकी अथवा युरोपेली राष्ट्रका नागरिक विश्वको कुनै पनि कुनामा समस्यामा पर्दा उ मेरो राष्ट्रले मलाई सहयोग गर्छ , मेरो सुरक्षा गर्छ भनेर निर्धक्क हुन्छ तर , हामी आफ्नै राष्ट्रभित्र समेत सरकार र राज्य नभएको अनुभव गरिरहेका छौ । असुरक्षा, महंगी, कालाबजारीले जनता आक्रान्त बनिरहदा राज्य आफ्ना उपलब्धिलाई कागजमा उतार्नमै ब्यस्त छ । अनि पहिलो प्रसङ्गमा उल्लेख गरेझै गणतन्त्र नेपालका महामहिम,सम्माननीय, माननीयहरुको सवारी देख्दा हासो लग्छ । घन्टौ सडक जाम गरेर जनतालाई दुख दिनु उपयुक्त हुदैन । उच्चपदस्थहरुको सुरक्षा सम्वेदनशिलतालाई बेवास्ता गरियोस भत्र खोजेको हैन, तर नागरिकलाई पनि समस्या नपर्ने गरि यसको विकल्प खोजिनु पर्छ । अर्को प्रसङ्गले भने हाम्रो समाज , हाम्रो सोच हाम्रो ब्यबहारलाई प्रतिबिम्बित गर्छ । हामी यति धेरै व्यक्ति केन्द्रित , स्वार्थ केन्द्रित छौ , हामीलाई आफ्नो स्वार्थ पुरा भए अरुको खासै सरोकार हुदैन । आफ्नो स्वार्थ पुरा हुने र आफुलाई फाइदा हुने कुरा गलत नै भए पनि सहि देख्ने हामी अरुलाई भने आदर्शका गफ दिन भने छोड्दैनौ । अरुलाई आफूभन्दा तल पर्नु, अरुलाई आफूभन्दा कमजोर देखाउन पाउदा हामीलाई जितेको महसुस हुन्छ । एउटा सभ्य नागरिकको दायित्व हुन्छ , आफु भन्दा ठुलालाई सम्मान गर्ने , सानालाई माया गर्ने , तर हामी यति सामान्य सभ्यता देखाउन पनि सक्दैनौ । तर गफमा भने राष्ट्रले यो गरेन ,त्यो गरेन भनेर सरकार र राज्यलाई दोषी देखाउछौ । तर के हामीले आफ्नो दायित्व र जिम्मेवारी पुरा गरेका छौ ? के हामी आफुले आफ्नो ठाउँबाट गर्न सक्ने सकारात्मक काम र गर्नु पर्ने सकारात्मक पहल गरेका छौ ? हामी बिषयवस्तुको कुनै ज्ञान नराखी वा नभए पनि फ्याट्ट जे मनमा आयो तेही बोलिदिन्छौ । यस्तो हल्का टिप्पणी गर्दा हामीले नकारात्मकता मात्र फैलाइरहेका हुन्छौ । राज्यले पनि हामीलाई नागरिक जस्तो ब्यबहार नगर्ने, र हामीले पनि एकअर्कामा सहकार्य , सद्भाव र सहयोग नगर्ने हो भने हामी अगाडी जान सक्दैनौ ।